हेडलाइन
Loading...
Home » » नक्कली नागमणि देखाएर लाखौं रुपैया ठग्दै आएका वकिल मिया पक्राउ

नक्कली नागमणि देखाएर लाखौं रुपैया ठग्दै आएका वकिल मिया पक्राउ

बीरगंज  ८ असार।

लामो समयदेखी बारामा नक्कली नागमणि देखाएर लाखौं रुपैया ठग्दै आएका वकिल मियालाई गएराति प्रहरीले पक्राउ गरेको  छ । काठमाण्डौ देखी पोखरा सम्मका दर्जनौं मानिसहरुबाट नागमणिको  नाउूमा रकम ठगी गर्दै आएको आरोपमा बारा महेशपुर २ घर भएका वकिल मियालाई नियन्त्रण्ँमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले मियाले नक्कली नागमणि बनाउदै लाखौंको ठगी गरेको खुलेपछि मियालाई  नियन्त्रणमा लिईएको बताउनुभयो ।
बास्तबिक नागमणि पाउने खोजीमा भौतारीएका ब्यक्तिहरुलाई विद्युतबाट कृत्रिम नागमणि  बनाएर कृत्रिम नागमणि लाई सक्कली नागमणि  भन्दै मियाले बिक्रिगर्ने गरेको खुलाशा भएपछि प्रहरीले निजलाई नियन्त्रणमा लिएको हो । मियाले बिगत दुई वर्ष अगाडी काठमाडौं घर भएकी मिरा शाहसूग नागमणि को नाममा ५० लाख रुपैया ठगी गरेका थिए ।मियाबाट मिरा ठगीएको थाहापाएपछि आफुले दिएको रकम लिन मियाको गाउूमा आउूदा वकिल मियाले उनलाई घरमा नै बन्धक बनाएको र पछि उनलाई स्थानीयले उद्धार गरी काठमाडौं पुर्याएका थिए । मियाले ठगेको रकमले भारत बिहारमा दर्जनौ स्थानमा घर जग्गा जोडेका र सिमाबर्ती भारतीय शहर रक्सौलमा आलीशान महल बनाएका छन् ।
बारा जिल्लामा बिगत लामो समयदेखी नक्कली नागमणि काण्ड चर्किएको र सो क्रममा पोखराका एकजना लाहुरेको ज्यान समेत गएको थियो भने गिरोहले करोडौंको ठगी गरेका समचार सार्बजनीक हुदा समेत नक्कली नागमणिको चलखेल अझै नियन्त्रणमा नआएको बाराका स्थानिय बासिन्दाहरु बताउछन् ।

0 comments:

Post a Comment

धनयबाद /

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Universal Youth Era - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger