2013-05-25

मुलुकमा सदाचारको ठाउँमा अनाचार बढेको वक्ताहरुको भनाइ

यतिखेर राजनीतिक अन्यौलताको कारण मुलुकमा सदाचारको ठाउँमा अनाचार बढेको सहभागि वक्ताहरुले आफ्नो धारणा राखेका छन् । सदाचार अभियान बीरगंजले बीरगंजको होटेल पुजनमा आयोजना गरेको सुशासन ऐन २०६४ को प्रभावकारी कार्यान्वयन अन्तर सम्बाद २०७० बिषयक कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन । सदाचार अभियान समस्याको पोका बोकेर अन्तरसम्बाद कार्यक्रम गर्न छोडी समस्या परेको बेलामा उपस्थिती हुन सकेमा यस संस्थाको औचित्य र सर्वसाधारण जनताले सुशासनको अनुभुति गर्न पाउने कुरामा सहभागिले जोड दिएका थिए । कार्यक्रममा सहभागी अधिवक्ता, सञ्चारकर्मी र नागरिक समाजले राजनीतिक दल र त्यसका नेताहरुको कमि कमजोरीको कारण मुलुकमा दण्डहिनता बढेको कारण नेपाल सरकार आफैले जारी गरेको सुशासन ऐन २०६४ प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको जोड दिएका थिए । अन्तरसम्बाद कार्यक्रममा आयोजक संस्थाले सुशासन कार्यान्वयन गर्ने र गराउने सरोकारवाला निकायलाई आमन्त्रित गर्दा पनि गाली सुन्न पर्ने डरले कुनै सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थिएन । सरोकारवाला निकायको अनुपस्थितीलाई कार्यक्रममा सहभागीहरुले गैरजिम्मेवारीको पराकाष्ठाको रुपमा लिएका छन् । सदाचार अभियान बीरगंजका अध्यक्ष्ँ लक्ष्मीनाथ नेपालको सभापतित्वमा सम्पन्न उक्त अन्तरसम्बाद कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र चौधरी, पूर्व सभासदद्धय अजय द्धिवेदी, रामेश्वर रौनियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य प्रदिप सुवेदी, नेपाल वार ऐशोशिएसन पर्साका अध्यक्ष्ँ शालिकराम प्रसाद, रामनारायण प्रसाद कुर्मी, नागरिक समाजका विनोद गुप्ता, प्रध्यापक बलराम श्रेष्ठ, पत्रकार सुर्दशन पाण्डे, पवन तिवारी, राजु श्रेष्ठ र अधिवक्ता सन्तोष श्रीवास्तव लगायतकाले आफनो धारणा राखेका थिए । कार्यक्रमको संचालन अधिवक्ता कमलमोहन पोखरेलले गरेका थिए भने कार्यक्रमको बारेमा अधिवक्ता दिपक राजभण्डारीले प्रकाश पारेका थिए ।     http://www.facebook.com/Universalyouthera

About ""

पत्रकारितामा रुचि

Breaking

 
Copyright © 2013 Universal Youth Era
Design by FBTemplates | BTT